काठमाडौं। नेपाल प्रज्ञाप्रतिष्ठानले हरेक वर्ष भाषा,साहित्य,संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्र विधाका विभिन्न प्रज्ञा पुरस्कारहरू-२०८२ घोषणा गरेको छ।
नेपाल प्रज्ञाप्रतिष्ठानले यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कार समेत प्रारम्भ गरेको छ।
नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले जारी गरेकाे विज्ञप्ति अनुसार जनही एक लाख रूपैयाँ नगद राशि रहेको प्रज्ञा पुरस्कार १२ जनालाई दिइने भएको छ। जसमा समालोचनातर्फ प्राडा अभि सुवेदी, भाषातर्फ प्रा. मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा. डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकार, संस्कृतितर्फ प्राडा सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, गद्यसाहित्यतर्फ आहुति, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, अनुवादतर्फ डा. सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत), मातृभाषा (हिमाली पहाडी) तर्फ
बुद्ध योञ्जन र मातृभाषा (मधेश तराई) तर्फ अमरेन्द्रकुमार यादवलाई प्रज्ञा पुरस्कार-२०८२ प्रदान गरिने भएको छ।


Comment