लघु निर्जीवन बीमकको व्यापार ९८ करोड नाघ्यो, प्रोटेक्टिभ अगाडि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म लघु निर्जीवन बीमा कम्पनीहरूको व्यापार ९८ करोड ६९ लाख रुपैयाँ नाघेको छ। नेपालमा सञ्चालनमा रहेका चार लघु निर्जीवन बीमकहरूले ९ महिनाको अवधिमा कुल ३ लाख ७४ हजार ६६३ वटा बीमालेख जारी गर्दै उक्त परिमाणमा बीमाशुल्क संकलन गरेका हुन्।

उक्त अवधिमा सबैभन्दा बढी व्यापार गर्ने कम्पनीका रूपमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स देखिएको छ। कम्पनीले १ लाख ८ हजार २६७ वटा बीमालेख जारी गर्दै २७ करोड ८२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ।

त्यसैगरी, दोस्रो स्थानमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। कम्पनीले चैत मसान्तसम्म ९२ हजार ४४ वटा बीमालेख बिक्री गरी २४ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको जनाएको छ।

यस्तै, स्टार माइक्रो इन्स्योरेन्सले १ लाख २ हजार १८१ वटा बीमालेख जारी गर्दै २३ करोड रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ७२ हजार १७१ वटा बीमालेख बिक्री गरी २२ करोड ९६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन्।

लघु निर्जीवन बीमा क्षेत्रमा पछिल्लो समय बीमालेख संख्या र बीमाशुल्क दुवैमा वृद्धि देखिएको छ। यसले बीमा पहुँच विस्तार हुँदै गएको र साना तथा मध्यम आय भएका वर्गमा बीमाप्रतिको आकर्षण बढ्दै गएको संकेत गर्दछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।