प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन सभामुखलाई हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सभामुख डोल प्रसाद (डीपी) अर्याललाई मस्यौदा प्रतिवेदन बुझाएको छ ।

समितिका सभापति गणेश पराजुलीले उक्त मस्यौदा सभामुख अर्याललाई हस्तान्तरण गरेका हुन् ।

मस्यौदा बुझ्दै सभामुख अर्यालले यसमा थप छलफल गरिने बताए । उनले सदनमा विस्तृत छलफल हुने र आवश्यक परेमा कमी–कमजोरी सुधार गर्न सकिने उल्लेख गरे ।
संविधान, विगतका नजिर, प्रचलित कानुनी व्यवस्था, साथै विज्ञ र सम्बन्धित निकायसँगको परामर्शका आधारमा नियमावलीलाई परिष्कृत गरिने सभामुख अर्यालले बताएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।