काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। सभापति थापा खड्काको निवास गोल्फुटार आइतबार साँझ उनीहरुबीच भेटवार्ता भएको महामन्त्री प्रदीप पौडेलले बताए ।
सर्वोच्च अदालतले शुक्रबार नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद निरूपण गरेपछि थापा आधिकारिक सभापति भएका थिए ।
भेटका क्रममा अब मिलेर जानेबारेमा छलफल भएपनि थप विषय बाहिर आएको छैन । खड्का नै विशेष महाधिवेशनबाट निर्वाचित थापा वैधानिक सभापति नभएको भनेर अदालत पुगेका थिए ।

Comment