आईसीसी महिला टी-२० मा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको पहिलो जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो जित हात पारेको छ।

आइतबार भएको खेलमा नेपाली टोलीले इटालीलाई ५० रनले हराएको हो।

प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको दिन इटालीले भने पहिलो हार व्यहोरेको हो।

च्यालेन्ज ट्रफीको पहिलो खेलमा नेपाली टोली अमेरिकासँग ४४ रनले पराजित भएको थियो। इटालीले भने पहिलो खेलमा घरेलु टोली रुवान्डालाई १६ रनले हराएको थियो।

नेपाली टोलीले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको इटाली १८.४ ओभरमा ६२ रनमा अलआउट भयो।

इटालीका लागि थिलिनी फर्नान्डोले २२ तथा पासिन्डी काननकेगेले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

इटालीलाई सस्तैमा रोक्न रुविना क्षेत्रीले ४ विकेट लिईन्। उनले २.४ ओभरमा १ मेडन राख्दै मात्र ४ रन खर्चिईन्। खेलको प्लेयर अफ दि म्याच रुविना क्षेत्री बनिन्।

कविता कुवँरले २ विकेट लिईन्। मनिषा उपाध्याय, रिया शर्मा र रचना चौधरीले समान एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट स्टेडियम ओभल बीमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि पुजा महतो ४८ रनमा अविजित रहिन्। सम्झना खड्काले १६ र विन्दु रावलले १५ तथा कप्तान इन्दु रावलले १० रन बनाए।
नेपालका ६ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

नेपालले अब तेस्रो खेलमा बुधबार घरेलु टोली रुवान्डासँग खेल्नेछ।

आगामी शुक्रबार भानुआटुसँग र आइतबार अमेरिकासँग खेल्ने तालिका छ। यसैगरी अप्रिल २८ मा रुवान्डासँग, ३० मा भानुआटासँग र अन्तिम खेल मे १ मा इटालीसँग खेल्ने तालिका छ।

च्यालेन्ज ट्रफी प्रतियोगिता आगामी मे १ सम्म रुवान्डामा चल्नेछ। च्यालेन्ज ट्रफीमा अमेरिकाबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपबाट इटाली, पूर्वी एसियाबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा सहभागी छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।