रास्वपा सचिवालय बैठक बस्दै, के-के छन् एजेन्डा?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आइतबार पार्टीको सचिवालयको बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्नेछ।

बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत सम्बन्धमा छलफल हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

बैठकका लागि वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहलाई खबर पुगिसकेको भए पनि आउने/नआउने निश्चित भइनसकेको स्रोतले जानकारी दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।