आईपीएल : मुम्बईको चौथो हार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पन्जाब किङ्स उत्कृष्ट लयमा देखिएको छ । यो सिजनमा हालसम्म पाँच खेल खेलेको पन्जाब अपराजित रहँदै ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

बिहीबार सम्पन्न आफ्नो पाँचौँ खेलमा पन्जाबले मुम्बई इन्डियन्सविरुद्ध ७ विकेटको जित निकालेको हो । सुरुआति ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको पन्जाबले १६.३ ओभरमै ३ विकेटको क्षतिमा १९८ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

मुम्बईका लागि क्विन्टन डिककले ११२ रनको शतकीय र नमन धीरले ५० रनको अर्धशतकीय पारी खेले पनि जीतका लागि पर्याप्त भएन । हार्दिक पाण्ड्याले १४ रन बनाउनेबाहेक मुम्बईका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ पन्जाबका लागि अर्शदीप सिंहले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिएर ३ विकेट लिए । अर्शदीप म्यान अफ दि म्याच घोषित भए । मार्को यान्सन र सशांक सिंहको खातामा पनि एक/एक विकेट रह्यो ।

जवाफी ब्याटिङमा उत्रिएको पन्जाबका लागि प्रभसिमरन सिंहले अविजित ८० रनको अर्धशतकीय पारी खेले । त्यस्तै श्रेयस ऐय्यरले ६६ रनको अर्धशतकीय पारी खेल्दा प्रियान्स आर्याले १५ र कुपर कोनोलीले १७ रन जोडे । मार्को यान्सन १० रनमा अविजित रहे ।

बलिङतर्फ मुम्बईका लागि एएम घजनफारले २ विकेट लिँदा शार्दुल ठाकुरले १ विकेट लिए ।

यो जितसँगै ९ अंकसहित पन्जाब शीर्ष स्थानमा पुगेको छ । पन्जाबले पाँच खेलमध्ये ४ खेलमा जित निकालेको छ । एक खेल भने रद्द भएको छ । जारी सिजनमा पन्जाबले गुजरात टाइटन्स, चेन्नई सुपर किङ्स, सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । कोलकाता नाइट राइडर्ससँगको खेल भने रद्द भएको थियो ।

उता अंक तालिकाको नवौँ स्थानमा रहेको मुम्बईको भने यो लगातार चौथो पराजय हो । पहिलो खेलमा कोलकाताविरुद्ध जित निकालेपछि मुम्बईले त्यसपछिका सबै खेलमा पराजय व्यहोरेको छ । जारी सिजनमा मुम्बई दोस्रो खेलमा दिल्ली क्यापिटल्स, तेस्रो खेलमा राजस्थान रोयल्स, चौथो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र पाँचौँ खेलमा पन्जाबसँग पराजित भएको हो । https://nepalnews.com/2026/04/17/ipl-mumbais-fourth-defeat/

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।