काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।
कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँको २५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।
यो निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीहरूमा वितरण गरिने छ।

Comment