काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएको छ ।
मंसिर २४ बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँको २१.०५ प्रतिशतले हुने १ अर्ब ९० करोड ७ लाख ९२ हजार २२५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत १६.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

Comment