सिद्धार्थ बैंकले औपचारिक रूपमा सार्वजनिक गर्‍यो फोनपे क्रेडिट कार्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले फोनपे पेमेन्ट सर्भिससँगको साझेदारीमा सिद्धार्थ फोनपे क्रेडिट कार्ड औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

यस नयाँ क्रेडिट कार्डले ग्राहकहरूलाई पूर्ण रूपमा डिजिटल, सुरक्षित र सजिलो भुक्तानीको नयाँ युगमा प्रवेश गराएको बैंकले जनाउकाे छ ।

योसँगै बैंक अब नेपालकै पहिलो र एकमात्र पूर्ण रूपमा भर्चुअल क्रेडिट कार्ड आफ्नै मोबाइल बैंकिङ एपमार्फत उपलब्ध गराउने प्रमुख वित्तीय संस्थामध्ये एक बनेको छ ।

कार्डको सार्वजनिक अनावरण नेपाल प्रिमियर लिग (एनपीएल)को ‘अनग्राउन्ड’ कार्यक्रममा सिद्धार्थ बैंकका उपमुख्य कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले गरेका थिए ।

सिद्धार्थ फोनपे क्रेडिट कार्डले प्रयोगकर्ताहरूलाई देशभरका १.८ मिलियनभन्दा बढी फोनपे क्युआर व्यापारीमा छिटो, सुरक्षित र कन्ट्याक्टलेस भुक्तानी गर्न सुविधा दिन्छ ।

यसको लागि कुनै भौतिक कार्ड आवश्यक पर्दैन । डिजिटल रूपमा सक्रिय उपभोक्ताका लागि डिजाइन गरिएको यस कार्डमा इन्स्ट्यान्ट सक्रियता, रियल–टाइम कन्ट्रोल, र उन्नत सुरक्षा जस्ता सुविधा समावेश छन्, जसले दैनिक भुक्तानीलाई अझ सरल र सहज बनाउँछ ।

विशेष लन्च अफर अन्तर्गत नयाँ प्रयोगकर्ताहरूका लागि सिद्धार्थ बैंक र फोनपेका तर्फबाट ५० प्रतिशत क्यासब्याक (अधिकतम ७५० रुपैयाँ) प्रदान गरिनेछ । सीमित अवधिका लागि लागु यो अफरले प्रयोगकर्तालाई सुरुदेखि नै क्युआरमा आधारित क्रेडिट भुक्तानीको सुविधा अनुभव गर्न प्रेरित गर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।