आइएमईको २५ औं वार्षिक साधारणसभा सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइएमई लिमिटेडको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । सभाले सो वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभामा अध्यक्ष ढकालले रेमिटेन्स सेवा उद्योग क्षेत्रमा अग्रणी कम्पनीको रूपमा रहेको आइएमई सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा रहन सफल भएको बताउँदै २५ औं वर्षमा व्यावसायिक हिस्सा विस्तार गर्दै नयाँ प्रविधि एव रणनीतिका साथ आगामी दिनमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रविधिको अधिकतम सदुपयोग गर्दै रेमिटेन्स सेवाको थप विस्तार तथा विविधीकरण गर्दै आइएमईलाई कम्प्लिट फाइनान्सियल सोलुसन्सको रूपमा विकास गर्ने नीति लिइने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

सभामा आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले २५ औं वर्षमा आइएमई थप परिपक्व बन्दै नागरिकको जीवनस्तर सुधार र उद्यमशीलता विकासमा योगदान पुर्याउँदै सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा स्थापित हुनु गौरवपूर्ण क्षण रहेको बताए ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आगामी दिनमा वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवालाई थप सरल र सहज र सुरक्षित बनाउँदै लैजाने बताए । प्रमुख कार्यकारी दिवाकर पौडेलले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई थप उचाइमा पुर्‍याउन सफल रहने विश्वास पनि व्यक्त गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।