कस्तो छ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्ष अर्थात् आव २०८२/८३ को पहिलो त्रैमासमा ४ करोड ५० लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ । आवको सोही अवधिमा १ अर्ब ४६ करोड नाफा गरेको बैंकले नोक्सानी व्यवस्थाका लागि करिब ३ करोड छुट्याउँदा नाफा नगन्य भएको हो ।

बैंकके खुद ब्याज आम्दानीमा गिरावट आएको छ भने खुद फि एन्ड कमिसन वृद्धि भएको छ । तर, २ अर्ब ८० करोड रूपैयाँ नोक्सानी व्यवस्थाका लागि छुट्याउनु परेपछि बैंकको नाफामा साढे ४ करोडमा सीमित भएको हो ।

बैंकले ३ महिनामा ३ अर्ब २४ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्दा ५६ करोड ४९ लाख खुद फि एन्ड कमिसन आम्दानी गरेको छ । गत आवको यही अवधिमा ९७ करोड ५२ लाख रूपैयाँ प्रोभिजन गरेको थियो ।

नाफा भारी मात्राले घट्दा एनआईएमबिको ईपीएस पनि १७.१६ रुपैयाँबाट घटेर ५३ पैसा कायम भएको छ ।

असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा ६.६३ प्रतिशत छ जुन गत आवको असोज मसान्तको ५.८२ प्रतिशतको तुलनामा बढेको हो । यता खुद निष्क्रिय कर्जा भने १.४६ प्रतिशत मात्र छ ।

बैंकले हालसम्म ४ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ निक्षेप परिचालन गरी ३ खर्ब ३० अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ३ महिनामा बैंकको निक्षेप २३ अर्बले बढ्दा कर्जा ४ अर्बले विस्तार भएको छ । बैंकको निक्षेप कर्जा अनुपात ७२.८६ प्रतिशत छ ।

असोज मसान्तको तथ्यअनुसार बैंकको प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ, आरओई ०.२७ प्रतिशत, स्प्रेड दर ३.४४ प्रतिशत र पीई रेसियो ३७४.०५ छ ।

यस अवधिमा बैंकको बक्यौता ब्याज र गैरबैंकिङ सम्पत्ति दुबै बढ्दा ३ महिनाको नाफाबाट सेयरधनीलाई बाँड्न मिल्ने रकम ऋणात्मक छ । असोज मसान्तसम्म बैंकको सञ्चित नाफा १ अर्ब ६६ करो८ रूपैयाँ छ । लामो समयसम्म सञ्चित नोक्सानीमा रहेको बैंकले गत आवको अन्त्यमा आइपुग्दा सञ्चित नाफामा पुगेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।