अर्थमन्त्रालयबाट बजेट लिएर निस्किए अर्थमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट समेटिएको झोला बोकेर अर्थमन्त्रालयबाट बाहिरिएका छन्। उनी मन्त्रिपरिषद्को बैठकमा सहभागी हुनका लागि प्रस्थान गरेका हुन्।

बजेट पारित गर्ने उद्देश्यले प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएको छ। बैठकले बजेट स्वीकृत गरेपछि अर्थमन्त्री पौडेलले आजै दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन्।

बजेटसँगै विनियोजन विधेयक समेत संसदमा पेस गरिनेछ। चालू आर्थिक अवस्थाको समीक्षा र आगामी वर्षको नीति तथा कार्यक्रमको कार्यान्वयनलाई केन्द्रमा राख्दै बजेट निर्माण गरिएको जनाइएको छ।

अर्थमन्त्री पौडेलले प्रस्तुत गर्ने बजेटले कर्मचारीको तलब वृद्धि, कृषि उत्पादनमा प्रवर्द्धन, पूर्वाधार विस्तार र वित्तीय पहुँच विस्तारजस्ता प्राथमिकतालाई समेट्ने अपेक्षा गरिएको छ।

सरकारी तयारीको अन्तिम चरण पूरा भएसँगै, देशभर चासोको केन्द्र बनेको बजेट अब केही घण्टामै सार्वजनिक हुँदैछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।