रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुप्रिम सहकारी ठगी र संगठित अपराध अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको छ। यसअघि रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

पूर्व डीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालतले सदर गरेको छ भने फरार अभियुक्त जीबी राईसहित ४२ जनामाथि ५५ करोड रुपैयाँभन्दा बढी अपचलनको आरोप छ। रवि, छवि र जीबीले मात्र १० करोड ९९ लाखभन्दा बढी रकम अपचलन गरेको अभियोगमा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।