कबड्डी टोली तेहरान प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मानमती विष्टको कप्तानीमा नेपालले इरानमा हुने छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएको छ।

आगामी फागुन २० देखि २५ गतेसम्म इरानको तेहरानमा छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिप हुँदै छ। सोही च्याम्पियनसिपमा नेपालले चुनौती प्रस्तुत प्रस्तुत गर्न लागेको हो। नेपाली महिला कबड्डी टोली गत १९औं एसियाली खेलकुदमा कांस्य पदक विजेता पनि हो। नेपालले चीनको हाङझाउमा कांस्य पदक जित्दा मानमती पनि टोलीकी महत्त्वपूर्ण सदस्य थिइन्। उनको कप्तानीमा नेपालले पहिलोपल्ट खेल्न लागेको हो। अखिल नेपाल कबड्डी संघले मानमतीको कप्तानीमा १० सदस्यीय टोली घोषणा गरिसकेको छ।

एसियन च्याम्पियनसिप खेल्न १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोली आइतबार इरानको तेहरान प्रस्थान गरेको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिँदै आइतबारै बिदाइ गरेका थिए। मानमतीको कप्तानीमा रहेको टोलीको अन्य खेलाडीमा जयन्ती बडू, रबिना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारू, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनीता पण्डित क्षेत्री छन्। नेपाली टोलीको प्रशिक्षकमा हरिना थापा छिन्।

नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड र मलेसिया गरी सात राष्ट्रले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छन्। यी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। खेल लिग कम नकआउटका आधारमा खेलाइने कबड्डी संघले जनाएको छ। अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाको नेतृत्वमा नेपाली टोली इरान प्रस्थान गरेको हो। नेपालको तर्फबाट निर्णायकमा नितु गुरुङले पनि भूमिका निर्बाह गर्नेछिन्।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।