सिमेन्टको मूल्य घटाउने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिमेन्ट उद्योगीहरू सिमेन्टको मूल्य घटाउन सहमत भएका छन् । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार, निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघ बीच भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको हो ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार काठमाडौं उपत्यकामा ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ७०० रुपैयाँमा उपलब्ध गराउने उद्योगीले प्रतिबद्धता गरेका छन् ।

त्यस्तै, काठमाडौं उपत्यकामा पीपीसी सिमेन्ट ६०० रुपैयाँमा उपलब्ध गराइने सहमति भएको छ । यसअघि सिमेन्टको मूल्य प्रतिबोरा ७८० रुपैयाँसम्म पुगेको थियो ।

सिमेन्ट उत्पादक संघले नयाँ मूल्यसूची छिट्टै कार्यान्वयन गर्ने उनले बताए । पछिल्लो एक महिनामै सिमेन्ट उद्योगीहरूले दुई पटकमा गरी प्रतिबोरा भाउ डेढ सय रुपैयाँसम्म बढाएका थिए ।

निर्माणकै सिजनमा सिमेन्टको भाउ बढाउँदा अर्थतन्त्रमै असर पर्ने भन्दै निर्माण व्यवसायीहरूले फिर्ता लिन माग गर्दै आएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।