भारतले बङ्गलादेशलाई ८६ रनले हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बङ्गलादेशविरुद्धको तीन टी–२० खेलको सिरिजमाथि भारतले कब्जा गरेको छ। बुधवार दिल्लीस्थित अरुण जेटली स्टेडियममा भएको दोस्रो टी २० मा खेलमा बङ्गलादेशलाई ८६ रनले पराजित गर्दै भारतले सानदार जित हात पारेको छ।

सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतले टस हारेर पहिला ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनायो। २२१ रनको लक्ष्यसहित मैदान उत्रेको बङ्गलादेशले निर्धातिर ओभरमा ९ विकेटको क्षतिमा १३५ रन मात्रै बनाउन सक्यो।

भारतका लागि नितिश कुमार रेड्डीले सर्वाधिक ७३ रनको पारी खेल्दा रिंकु सिंहले ५३ रन बनाए। हार्दिक पाण्ड्याले भने ३२ रन जोडे।

जितसँगै भारतले तीन खेलको टी २० मा जित निकाले पनि सिरिजमाथि जित हात पारिसकेको छ।

यसअघि गत आइतवार भएको पहिलो खेलमा भारतले बङ्गलादेशलाई ७ विकेटले पराजित गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।