‘आफ्नै अन्तरविरोधले गठबन्धन कुनै पनि बेला टुट्न सक्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले वर्तमान सत्ता गठबन्धन आफैं भित्रका समस्या र अन्तरविरोधको भुमरीमा फसिरहेको भन्दै कुनै पनि बेला टुट्न सक्ने बताएका छन्।

आइतबार धनुषामा आयोजित महिला राष्ट्रिय हक्की प्रतियोगिताको समापन समारोहमा सहभागी हुन पुगेका उपाध्यक्ष पौडेलले जनकपुर विमानस्थलमा सत्तागठबन्धन आफ्नै अन्तरविरोधका कारण जुनसुकै बेला टुट्न र फुट्न सक्ने टिप्पणी गरे।

गठबन्धन भित्रको तमासा आफूहरुले हेरिरहेको भन्दै पौडेलले भने, ‘यो गठबधन आफैं भित्रका समस्या र अन्तरविरोधहरुले चर्मराइरहेको छ,कुनै पनि बेला यो टुट्न सक्छ ,फुट्न सक्छ।’  तर,उनले गठबधन फुटाउन एमालेले चासो नदिएको जिकिर गरे। 

सत्ता गठबधन फुटिहाले एमालेले काँध थाप्छकि थाप्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा पौडेलले भने, ‘के को काँध थाप्नु ? काँध थाप्ने÷नथाप्ने प्रश्नै होइन नि। पहिले गठबन्धन कुनरुपमा अगाडि बढ्छ हेरौं न,’ पौडेलले भने। 

पौडेलले देशको विकासको बाधक नै अहिले गठबधन बनेको टिप्पणी गरे। ‘यो देशको अग्रगती र प्रगतिको लागि यो गठबन्धन प्रमुख बाधक बनेर उभिएको छ।’ 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।