‘भ्यालेन्टाइन डे’मा ३ लाख ५० हजार स्टिम गुलाफ माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालले भ्यालेन्टाइन डेका लागि यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ ।

कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको जनाइएको छ । यस वर्ष रातो गुलाफ प्रतिस्टिम रु ८० देखि एक सयसम्म पर्नेछ ।

कूल मागको ६० प्रतिशत काठमाडौँ उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाफ देशका अन्य सहरमा खपत हुने एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङ बताउँछन् ।व्यावसायिकरूपमा चार सय ५० प्रजातिका गुलाफ नेपालमा उत्पादन हुँदै आएको छ । पुष्प व्यवसायमार्फत ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।