जापानमा नुवाकोटका एक युवाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जापानमा नुवाकोटका एक युवा मृत फेला परेका छन्।

चार वर्षअघि जापान गएका नुवाकोट पञ्चकन्या गाउँपालिका–३ का २७ वर्षीय अनुज कार्की गत शुक्रबार  स्थानीय पार्कमा मृत फेला भेटिएको पारिवारिक स्रोतले जनाएको छ। उनी पछिल्लो समय सुजुकी गाडी कम्पनीमा कार्यरत थिए।

अनुजको शव नेपाल ल्याउने तयारीमा रहेको बुबा ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। ​ मृतकका काइँला दाइ अमृत जापानमै रहेकाले शव नेपाल ल्याउने पहल गरिरहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।