भारतले ल्यायो नयाँ बजेट, नेपाललाई दिने अनुदान डेढ अर्बले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारत सरकारले नेपाललाई दिने अनुदान रकम करिब साढे २ अर्ब रुपैयाँ बढाएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार सार्वजनिक गरेको आव २०२४/२५ को बजेटमार्फत नेपाललाई दिइने अनुदान बढाएकी हुन्।

उनले आव २०२४/२५ का लागि नेपाललाई अनुदान दिन ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) विनियोजन गरेकी छिन् । चालु आव २०२३/२४ मा भारतले नेपाललाई अनुदानका लागि ५ अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड) विनियोजन गरेको थियो ।

भारतले बजेटमा छिमेकी देशहरू नेपालसहित भुटान, बंगलादेश, अफगानिस्तान, श्रीलंका, मंगोलिया, मौरिसस, म्यानमार लगायत मुलुकलाई बजेटमै अनुदान तथा सहुलियत ऋणबापत दिने रकम छुट्याउँदै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।