‘सुशासन र समृद्धिका विषयमा दलहरु एक हुनुपर्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शान्ति, सुशासन र समृद्धिका सवालमा राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्ने बताए ।

नेपाली कांग्रेसले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले अब औद्योगिक र कृषि क्षेत्रमा आधुनिकीकरण गर्न सबै दलबीच एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए ।

राष्ट्रियताको रक्षा गर्न कांग्रेसका संस्थापक नेता बिपी कोइराला स्वदेश फर्किएको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘पुर्खाले जोगाएको राष्ट्रियता रक्षा गर्नु हाम्रो कर्तव्य र दायित्व हो, लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, तर यसको रक्षाका लागि एकता आवश्यक छ, हामी एक छौँ ।’

उनले सुशासन, विकास निर्माण, सामाजिक न्यायमा सहमति र मेलमिलापको आवश्यकता रहेको धारणा व्यक्त गरे । कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायत नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएकाे दिनको सम्झनामा हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका बिपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।