मन्त्री किराँतीको टिप्पणीः नेपालको पर्यटन क्षेत्रमा कुरा बढी, काम कम छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले नेपालको पर्यटन क्षेत्रमा कुरा बढी र काम कम हुने गरेको बताएका छन्।

नेपाल पर्यटन बोर्डले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालीपनको पर्यटन क्षेत्रको विकासमा आफू लागि परे पनि सोचेअनुसार अघि बढ्न नसकेको बताए।

उनले नेपालको पर्यटन नेपालीपनको हुनुपर्नेमा आफूले जोड दिएको दोहोर्‍याए। मन्त्री किराँतीले पर्यटन क्षेत्रमा नेपालीपन झल्काउनका लागि आफूले सांस्कृतिक गाउँ निर्माणको कुरा गरेपनि त्यसलाई मातहतका निकायले बुझ्न नसकेको बताए।

उनले नेपालको स्थानीय पर्व र स्वादलाई ब्रान्डिङ गरेर पनि नेपालमा पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न सकिने बताए।

मन्त्री किराँतीले भने,’…अब गाउँमा नयाँ पर्यटकीय गन्तव्यहरु हामीले विकास गर्नुपर्नेछ। त्यही कारण हामीले पुरानो गाउँ खोजीको कुरा गर्‍यौँ गन्तव्य बनाउनका लागि। हामीले सम्पदा गाउँ निर्माणको कुरा गर्‍यो। साँस्कृतिक गाउँ निर्माणको कुरा गर्‍यौँ। अब अलिअलि त सुरु भएको छ। बढी कुरा, कम काम छ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।