विवादमा मन्त्री किराती , तत्काल बर्खास्त गरी कारबाही गर्न राप्रपाको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विवादमा परेका छन्। क्रिश्चियन धर्मको प्रचारमा गरेको एउटा उग्र भाषणले किराँती विवादमा मुछिएका हुन् ।

उनले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएका थिए । काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा किराँती प्रमुख अतिथि बनेर पुगेका थिए ।

‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ किराँतीले उत्तेजित बन्दै भने।

मन्त्री किराँतीले संसारमा सबैभन्दा बढी क्रिस्चियन धर्म मान्नेहरू नै रहेको बताउँदै नेपालमा चाहिँ उनीहरूलाई थिचोमिचो गरिएको दाबी गरे ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको उनको यो अभिव्यक्तिको चर्को विरोध भइरहेको छ। संसदीय समितिको बैठकमा यो विषयले प्रवेश पाएको छ।

नेपाल वायु सेवा निगमका विषयमा छलफलका लागि प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बिहिबार राखेको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले किरातीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

उनले मन्त्री किरातीमाथि देशमा द्वन्द्व निम्त्याउने अभिव्यक्ति दिएको आरोप लगाउँदै सार्वजनिकरुपमा माफी माग्न आग्रह गरे।

राप्रपाले सामाजिक सदभाव बिथोल्ने र साम्प्रदायिक विद्वेष फैलाउने अभिव्यक्ति दिएको भन्दै मन्त्री किरातीमाथि कानुन बमोजिम कार्बाही गर्न समेत माग गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।