एनसेलविरूद्ध सांसद सिंहले दायर गराएको रिटमा सुनुवाई हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलविरूद्ध स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुने भएको छ ।

गएको शुक्रबार सांसद सिंहले दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । तर, दुवै दिन ‘हेर्न नभ्याइने’मा परेको उक्त रिटको पेसी आजलाई सरेको हो । मंगलबार सो रिटमाथि सुनुवाइ हुने भएको हो ।

स्वतन्त्र सांसद सिंहले एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ६ अर्ब ६५ करोड रूपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको बताएका थिए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वकीय सचिव तथा छोरी गंगा दाहालको नामै लिएर चलखेल गरेको आरोप लगाएका थिए । त्यसपछि प्रधानमन्त्रीको सचिवालयले प्रमाण पेश गर्न सांसद सिंहलाई सार्वजनिकरूपमा चुनौती दिएको छ ।

एनसेल खरिद बिक्री यूकेमा गरेर नेपालमा तिनुपर्ने क्यापिटल गेन ट्याक्स छली गरिएको सांसद सिंहले सार्वजनिक रुपमा बताएका छन् । एनसेलमा ठूलो चलखेल भएको उल्लेख गर्दै उनले आफूसँग त्यसको प्रमाण रहेको सामाजिक सञ्जालमार्फत  दाबी गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।