छिमेक लघुवित्तले १५ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले मंसिर २५ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को वितरण योग्य मुनाफाबाट ५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश (कर समेत) गरि कुल १५ प्रतिशत लाभांश दिने भएको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरणहुने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।