पूर्वराजाले झापामा गरे पृथ्वीनारायण शाहको शालिक अनावरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले झापामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् ।

शनिबार बिर्तामोडस्थित इकम कलेजको उद्घाटनसंगै सोही कलेजको प्रांगणमा निर्मित पृथ्वीनारायण शाहको पूर्ण कदको शालिकको पूर्व राजा शाहले अनावरण गरेका हुन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजा समर्थक युवा समूहले बिर्तामोडमा मोटरसाइकल र्याली गर्दै कार्यक्रम स्थलसम्म स्कर्टिङ गरेका थिए । कार्यक्रम स्थलमा आउँदा सडकमा लामबद्ध भएका समर्थकहरूले पूर्व राजालाई स्वागत गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।