वालेटमा भुक्तानी गर्ने सीमा बढ्यो, दैनिक २० पटकसम्म रकम जम्मा गर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेट (पेमेन्ट गेटवे) मा रकम जम्मा गर्ने सीमा (संख्या) बढाएको छ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार एक निर्देशन जारी गर्दै अस्थायी रुपमा भुक्तानी सीमा (संख्या) बढाएको हो।

यसअघि पेमेन्ट वालेटहरुमा १ दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो। व्यवस्थालाई परिमार्जन गर्दै २४ कात्तिकदेखि ३ मंसिरसम्म बढीमा २० पटकसम्मका लागि रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।