काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडद्धारा भुकम्प पिडितको राहतका लागि १० लाख प्रदान गरेको छ ।
घटनाबाट ठुलो जनधनको क्षति भएकोले खोजि, उद्धार, राहत लगायत पुनर्स्थापना कार्यका लागि नेपाल सरकार, मन्त्रीपरिषदको कार्यालयको आह्वान बमोजिम इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा १० लाख प्रदान गरिएको हो ।
जाजरकोट केन्द्र विन्दु भइ गएको ६.४ रेक्टर स्केलको भुकम्पमा परि ज्यान गुमाउनु भएका व्यक्तिहरुमा आत्माको चिरशान्तिको कामना गरेको छ ।

Comment