प्रधानमन्त्री प्रचण्डसहितको स्वास्थ्य टोली भूकम्प प्रभावित क्षेत्रमा जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जाजरकोट जाने भएका छन्। प्रधानमन्त्री त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली लिएर त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्रीका हेलिकोप्टर तयारी अवस्थामा रहेको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। मौसमका कारण केही ढिलाइ भएको उनले बताए।

यसअघि प्रधानमन्त्री दाहालले भूकम्पमा परी घाइतेहरूको उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गरेका छन्। ‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको छु’, बिहानै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले भनेका छन्, ‘घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्।  उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्दछु।’

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो त्यसपछि पनि पटकपटक शक्तिशाली परकम्प गएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।