पदक विजेता खेलाडी सम्मानमा गर्ने भनिएको र्‍याली स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पदक जितेका खेलाडीको सम्मानमा हुने भनिएको र्‍याली स्थगित गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै र्‍याली स्थगित गरिएको भए पनि पदक विजेता खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई परिषदको प्राङ्गणमा सम्मान गर्ने जनाएको छ ।

नेपालले हाङझाउमा सम्पन्न एसियाडमा दुई पदक जितेको थियो । नेपालबाट करातेमा एरिका श्रेष्ठले रजत र महिला कबड्डी टिमले काँस्यपदक जितेका थिए ।

नेपालले एसियाडमा १७ वर्षपछि दोहोरो पदक जितेको हो । यसअघि नेपालले सन् २००६ मा भएको एसियाडमा एकभन्दा धेरै पदक जितेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।