मानसिक स्वास्थ्यसँग जोडिएका अन्धविश्वास न्यूनीकरण गर्न आवश्यक छः प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास लाल्छना न्यूनीकरण गर्न आवश्यक भएको बताएका छन् ।

मंगलबार विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले समावेश समानता मूलक समाज निमाणका लागि मानसिक विराम भएका मानिसमाथि लान्छना र भेदभावलाई मर्यादित र सम्बोधन गर्नुपर्ने बताएका हुन् । 

उनले भने,‘समाजमा व्याप्त गरिवि, जातीय लैङ्गिक भेदभाव अपेक्षा अनुरूपको जीवन शैली बाँच्न नसक्नु सांस्कृतिक रुपमा अराजकता बढ्दै जानु जस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परिरहेको छ । यस्ता प्रचलनहरु अन्यायपूर्ण र संविधान प्रद्धत मौलिक अधिकारविरुद्ध छ । त्यसैले मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास लान्छनाहरुलाई न्यूनीकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउन जरुरी छ ।’

मानसिक स्वास्थ्य समस्याले दैनिक १९ जनाले ज्यान गुमाउनु परेको दुःखद् अवस्था भएको उनको भनाई छ ।

हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित  मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि मूलक कार्यक्रम गरी मनाइँदै छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।