इजरायलबाट घर फर्किन २०० बढीको आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इजरायलमा रहेका दुई सय जनाभन्दा बढी नेपालीले घर फर्किनका लागि आवेदन नाम टिपाएका छन् ।

सोमबार साँझसम्म दुई सयभन्दा बढीले नाम टिपाएको तेल अविवस्थित नेपाली दूतावासले जानकारी दिएको छ । आक्रमणमा बेपत्ता भएका एकजना नेपालीको अवस्था अझै अज्ञात रहेको छ । सम्पर्कविहीन रहेका ती नेपालीको तीव्ररूपमा खोजी भइरहेको जनाएको छ ।

त्यसका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सबै स्थानीय संयन्त्रको सहयोग लिइएको जनाइएको छ ।

शनिबार प्यालेस्टाइन विद्रोही हमास समूहले गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएको छ । नेपाली विद्यार्थीहरू बसेको कृषि फार्ममा विद्रोही आक्रमणबाट चार जना घाइते भएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।