नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको कोषाध्यक्षमा प्रल्हाद पन्त मनोनित भएका छन ।
शनिबार बसेको नेपाली कांग्रेस जिल्ला कर्यसमिति नुवाकोटको बैठकले पार्टीको जिल्ला कोषाध्यक्षमा पन्तलाई मनोनित गरेको हो ।
उक्त बैठकले पार्टीले जिल्ला कार्यसमितिको प्रवक्तामा जिल्ला कार्यसमिति सदस्य नारायण प्रसाद अधिकारी र जिल्ला कार्यसमितिकै सदस्य मन्जु बुढाथोकी (ढकाल) महिला विभाग प्रमुखमा मनोनित गरेको छ।
बैठक लगत्तै तीन जनालाई खादा लगाएर जिल्ला सभापति रमेश महत लगायतका नेताहरूले मनोनितहरूलाई बधाई दिएका थिए ।

Comment