इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको उद्धार गर्ने भएको छ ।

त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था गर्न लागेको इजरालयस्थित नेपाली दूतावासले जनाएको छ ।

शनिबार हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु थियो। मृतक १० जनाको शव ल्याउन इजरायल सरकारसँग समन्वय गरिरहेको पनि दूतावासले जनाएको छ।

दूतावासले इजरायलमा रहेका सबै नेपालीलाई धैर्य र संयम अपनाउन समेत आग्रह गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।