रवि लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ। बुधबार सभापति लामिछाने भेट्न राजदूत थम्पसन पार्टी कार्यालय वनस्थली पुगेर भेट गरेका हुन्।

भेटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागी थिए। भेटघाटमा मुख्यतया नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको जनाएको छ।

भेटमा नेपालीले दिनहुँ भोगिरहेका भिसा सम्बन्धी समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदूतावासको उच्च प्राथमिकतामा रहेको महामहिम थम्पसनले जानकारी समेत गराए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।