नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।

हिजोदेखी सुरू भएको केन्द्रीय समिति बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् ।

हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने सो प्रतिवेदनमाथि फरक मत राख्दै सम्मानित नेता झलनाथ खनालले लामो टिप्पणी गरेका थिए ।

आजको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक बिहान ८ बजे देखी सुरु हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।