काठमाडौं महानगरबाट दुई सहकारी संस्थाको दर्ता खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।

काठमाडौं महानगरपालिका सहकारी विभागको साउन १६ गतेको बैठकको निर्णय अनुसार ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था (वडा नं. ५) र सुकस बचत तथा ऋण सहकारी संस्था (वडा नं. ७)को दर्ता खारेज गरेको हो ।

दुवै सहकारी संस्था महानगरको सहकारी ऐन २०७४, दफा ६६ को उपदफा (१) अनुसार खारेज गरिएको महानगरपालिकाले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।