पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसँग सीआइबीले लियो बयान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललित निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय डा. बाबुराम भट्टराई र माधवकुमार नेपालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई बयान दिएका छन् । सीआइबीले उक्त जग्गा प्रकरणको अनुसन्धान गरी अदालतमा फाइल पेश गर्नु पूर्व प्रधानमन्त्रीद्धयसँग बयान लिएको हो ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा. भट्टराईले ललिता निवास जग्गा प्रकरणबारे उठेका प्रश्नको सत्यतथ्य जानकारी आफूले प्रहरीलाई दिएको जानकारी गराए । उनले सामाजिक संजाल ट्वीटर मार्फत उनको पालामा मन्त्रिपरिषदबाट भएको निर्णय सम्बन्ध उठेका प्रश्नको सत्यतथ्य जवाफ दिएको बताएका छन् ।

‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरू बारे सत्यतथ्यको जानकारी मेरो सुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम सीआईबीलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु,’ भट्टराईले सोमबार बिहान एक ट्वीट सन्देशमार्फत् भने,का छन्, ‘‘यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु।’

यस्तै, एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपालसँग पनि सीआइबीले आइतबार राति बयान लिएको जनाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।