कांग्रेसले ‘घरघर जाऔँ, पार्टी सदस्य बनाऔँ’अभियान चलाउने, यस्तो छ प्रतिवेदन (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले सदस्यता विस्तार अभियानलाई तीव्रता दिने भएको छ।

मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको विधान कार्यान्वयन र पार्टीको सुदृढीकरण सन्दर्भमा पेश गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। यसैगरी भदौ १५ गतेसम्म सबै विभागको गठन र पूर्णता दिने प्रस्ताव पनि गरिएको छ ।

विभिन्न ६ वटा भ्रातृ संघहरुको तदर्थ समिति भदौ १५ गतेभित्र गठन गरिसक्ने प्रस्ताव पनि थापाको प्रतिवेदनमा उल्लेख छ । यस्तै नीति महाधिवेशन, सदस्यता, अभियान, कार्यालय व्यवस्थापनलगायतका विषय पनि थापाको प्रतिवेदन प्रस्ताव गरिएको छ।

यो साउन देखि २०८१ असार ३१ गतेमम्म पाँच/सात लाख सदस्य सदस्यता बढाउने गरी अभियान चलाउने प्रस्ताव उनको छ ।

“संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध र आकर्षण गर्न सदस्यता वितरणमा नै समाजको विविधता झल्कने गरी अभ्यास गर्न यस वर्ष साउनदेखि २०८१ असार ३१ गतेसम्म एक वर्षको अवधिलाई ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ राष्ट्रिय अभियान गरिने छ,” थापाले बैठकमा प्रस्तुत गरेको प्रस्तावमा भनिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।