प्रधानमन्त्रीले नैतिकताको आधारमा पनि राजीनामा दिनुपर्छः राजेन्द्र लिङदेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने बताएका छन्।

नैतिकता भन्ने चीज जिवितै छ भने प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने उनको जिकिर थियो।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेकाले कसैले दवाव नदिई राजीनामा दिन उपयुक्त हुने तर्क समेत गरे।

अध्यक्ष  लिङदेनले संसदमा बोल्ने मौका नदिएको भन्दै आपत्ति समेत जनाए। संसदमा सभामुखले आफ्नो पार्टीलाई बोल्ने मौका नदिई अघिल्लो बैठकमा सत्तापक्षलाई बोल्न दिएकोमा आफ्नो पार्टीको असन्तुष्टि रहेको उनले बताए।

अध्यक्ष लिङदेनले प्रधानमन्त्रीले भारतीय नागरिकले दिल्लीमा पटकपटक धाएर आफूलाई प्रधानमन्त्री बनाएको भन्ने कुरा सैह्य नहुने बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।