सडक दुर्घटनामा दैनिक ६ जनाले ज्यान गुमाउनु चिन्ताजनक : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सवारी दुर्घटनाबाट दैनिक ६ जनाको निधन भएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्ता ब्यक्त गरेका छन्।

दैनिक रुपमा औसत ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाउन थाले पछि एमाले अध्यक्ष ओलीले यसवारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने पनि जनाएका हुन्। 

‘पछिल्लो तीन महीना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ, दुर्घटनाका कारणहरु हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्छन्,’ ओलीले सामाजिक सञ्चालमा लेखेका छन्, ‘यस विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।