राष्ट्रिय सभा बैठकः विनियोजन विधेयकमाथी मन्त्रालयगत छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दैछ।  संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ११ः३१ बजे बोलाइएको छ।संघीय संसद सचिवालयले  सार्वजनिक गरेको कार्यसूची अनुसार विनियोजन विधेयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय लगायतका मन्त्रालय माथीकाे बजेटमाथी छलफल हुनेछ। 

साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय,उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथी छुट्याइएकाे बजेटमाथी पनि छलफल हुनेछ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।