दूरसञ्चार सेवा गुणस्तरीय र भरपर्दो बनाउन आवश्यक- मुख्यमन्त्री पाण्डे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सूचना प्रविधिले संसार साँघुरो बनाएको अवस्थामा नेपाल दूरसञ्चार प्राधिकरणले पनि सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरण काठमाडौँद्वारा पोखरामा  शुक्रबार   आयोजित गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था र गुणस्तरीयतामा सेवाप्रदायक तथा सरोकारवालासँग आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अहिले सहजै टेलिफोन प्राप्त गर्न सकिने अवस्था आएको बताए । मुख्यमन्त्री पाण्डेले भने, “ दूरसञ्चार प्राधिकरणले आफूलाई विश्वको प्रविधिसँग प्रतिस्पर्धी बनाउन सक्नुपर्छ ।”

सूचना प्रविधिसम्बन्धी निजी क्षेत्रबाट सञ्चालित कम्पनीले दू्रतगतिमा फड्को मारेको अवस्थामा अर्धसरकारी निकाय नेपाल टेलिकमले पनि आफ्नो सेवा गुणस्तरीय र भरपर्दो बनाउन आवश्यक रहेको भनाइ उनको छ । “हिमाली र उच्च पहाडी क्षेत्रमा पनि दूरसञ्चार प्राधिकरणको बलियो उपस्थिति हुनुपर्ने देखिएको छ”, मुख्यमन्त्री पाण्डेले भने, “अझै पनि दुर्गम क्षेत्रमा दूरसञ्चार क्षेत्रले आफ्नो प्रभावकारी उपस्थिति देखाउन सकेको छैन ।”

कम नाफा लिएर भए पनि आम सेवाग्राहीलाई सहुलियत दरमा इन्टरनेट र टेलिफोन सेवा उपलब्ध गराउनुपर्नेमा उनले सुझाव दिए । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोग भएको गुनासोसमेत उनले गरे ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्ण देवकोटाले दूरसञ्चार प्राधिकरणले सेवाको गुणस्तरलाई ध्यान दिनुपर्नेमा जोड दिए । ‘हरेक व्यक्तिसँग जोडिएको यो सेवालाई प्रभावकारी र सवल बनाउन सकेनौँ भने हामी पछि पर्छौँ’ डा न्यौपानेले भने ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।