‘रास्वपाको आयु लामो छैन, खहरे खोला गड्गडाउँछ बिजुली निस्किँदैन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ दलका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आयु लामो नभएको बताएका छन्। 

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शरीरका अंगहरुमा दाँतको आयु सबैभन्दा छोटो हुने उल्लेख गरे ।  शर्माले भने ‘नयाँ पार्टीहरु खहरे खोलाजस्तै भएकोले यसबाट एक मेगावट बिजुली पनि ननिस्कने तर्क गरे। ‘खहरे गड्गडाउँछ। तर एक मेगावट बिजुली निस्किँदैन,’ शर्माले भने, ‘निरन्तर बाग्ने सानो नदीबाट ड्याम बनाएर बिजुली निकालिन्छ।’

शरीरका अंगहरुमा दाँतको आयु सबैभन्दा छोटो हुने उल्लेख गर्दै शर्माले कांग्रेस जिब्रोजस्तै भएको बताए। हाम्रोमा ५० प्रतिशत नपुग्दा फेरि चुनाव भयो सभापतिको।

तलतिर नारायणी तिरमा अर्कोलाई भोट नदिनु भनेर पर्चाबाजी भयो। हाम्रो बाहेक अरु पार्टीमा संसदीय दलको चुनाव भयो त?,’ शर्माले भने, ‘हाम्रो डेमोक्रेटिक छ। जो बढी खुला हुन्छ, जो लचकदार हुन्छ, उसको आयु लामो हुन्छ। कतिले कता के बजायो भन्छन्। तर, सबैभन्दा कान्छो अंग दाँत हो। सबैभन्दा कान्छो आयु कसको हो? दाँतकै हो।  सबैभन्दा नरम जिब्रो हो। जिब्रोको आयु लामो हुन्छ।’

‘नेपाली कांग्रेसको विशाल डिपार्टमेन्टल स्टोर खाली हुँदै र अरुका पान दोकान भरिँदै गएको यथार्थ छ। कांग्रेसको कमजोरीका कारण यस्तो भएको हो,’ शर्माले भने।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।