एमाले सचिव भट्टराईमाथि इलाममा पहिचानवादीको आक्रमण प्रयास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोशी प्रदेश नामाकरणको विषयलाई लिएर पहिचानवादीहरुले एमाले सचिव योगेश भट्टराईमाथि आक्रमणको प्रयास गरेका छन् ।

७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन इलाम पुगेका भट्टराईलाई इलाम बजारमा कालो झण्डा देखाएका हुन् ।

पहिचानवादीहरुले योगेश भट्टराई मुर्दावाद, पहिचान विरोध होसियार, कोशी प्रदेश मान्दैनौंलयायतको नारा लगाएका थिए । कोशी नामकरणको विषयमा असन्तुष्ट पहिचानवादीले विभिन्न जिल्लामा विरोध प्रदर्शन गर्दै आएका छन् ।‌

प्रदेस सभाबाट गएको फागुन १७ गते कोसी नामकरण गरिएको थियो ।‌

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।