सरकारप्रति ओलीको आक्रोशः विद्यार्थी गुरूको ढाड खुस्काउँछ, सरकार मुद्दा फिर्ता लिन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताएका छन्।

मदन भण्डारी कलेको वार्षिकोत्सवका सन्दर्भमा बिहीबार काठमाडौंमा बोल्दै ओलीले गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको बताए।

प्रोफेसर कुट्न किन पाइँदैन ? मज्जाले पाइन्छ भन्दै मुद्दा फिर्ता लिनु विडम्बनापूर्ण भएको बताए । ‘बडा दुःखद् कुरा हो, हाम्रोजस्तो सभ्यता बसाल्ने देश, गुरू देवो भवः भन्ने देश, गुरूको ढाड खुस्क्याउँछ, टाउको फुटाउँछ, करङ भाँच्दिन्छ, बहादुरी देखाउँछ।

त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता दिन्छ। प्रोफेसर कुट्न किन पाइँदैन? मज्जाले पाइन्छ भनेर,’ उनले भने, ‘गुरू हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो खालको रहेछ, हाम्रो खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार। मुद्दा फिर्ता लिन्छ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।