हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार हिजो बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले बागमती प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०र८१ को बजेट वक्तव्यमाथि पूर्ण छलफल गर्ने कार्यसूची तयार पारेको छ ।
असार १ गते बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले प्रदेश सरकारका तर्फबाट आगामी आवको अनुमानित बजेट सार्वजनिक गरेका थिए ।
सोही दिन अपराह्न बसेको दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयक प्रस्तावहरु टेबुल गरिएलगत्तै प्रदेशसभाको अर्को बैठक असार १२ गतेका लागि बस्ने गरी प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक गरेका थिए ।

Comment