इन्डो नेपाल कराते प्रतियोगितामा नेपालले ल्यायो ११ स्वर्ण र १ रजत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाटन । इन्डो नेपाल कराते प्रतियोगितामा नेपालले ११ स्वर्ण सहित १ रजत पदक प्राप्त गर्न सफल भएको छ  । यहीँ जुन १७ र १८ तारिखमा भारतको उत्तरप्रदेशको गाजियाबादस्थित लिलावती पव्लिक स्कुल प्रताप विहारमा भएको कराते प्रतियोगिता नेपालले स्वर्ण र रजत गरि १२ पदक हासिल गर्न सफल भएको हो ।

भारतको गाजियावादमा भएको इन्डो नेपाल आशिहारा कराते च्याम्पियनसिपमा सोसाई मात्सु तात्सु ओयामा कराते क्योकुसिन नेपाल, आई. के. ओ. क्योकुसिनकाईकान नेपालका १२ जना खेलाडीहरुले प्रतियोगितामा भाग लिएको नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने मुख्य रेफ्री समिर श्रेष्ठले जानकारी गराए ।

सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका ब्रन्च चिफ दिपक लामाका अनुसार उक्त प्रतियोगितामा पुरुषतर्फ नेपाली खेलाडीहरु सात वर्षीय बुधेश तामाङ,११ बर्षीय शेसेहाङ यौंग्य लिम्बु, १३ बर्षीय करण शाही, १५ बर्षीय साहिर श्रेष्ठ, १७ वर्षीय महेश कुमार गोले र १९ वर्षीय अमित तामाङले स्वर्ण पदक हासिल गर्न सफल भए ।

त्यस्तै महिलातर्फ ११ वर्षीय रचना थापा, १३ वर्षीय विनिशा राई, १५ वर्षीय संगीता परियार, १७ वर्षीय मोनिका तामाङ र रोहनी कस्तीले स्वर्ण पदक हासिल गर्न सफल भइन् भने १५ वर्षीय अन्जु श्रेष्ठले रजत पदक हात पार्न सफल भएकाे रेफ्री राज कुचिकारले जानकारी गराए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।