सुनवाई समितिमा कार्यवाहक प्रधानन्यायाधीश कार्की उपस्थित हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ आज हुने भएको छ। 

संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकले आज बिहान ८ बजे कार्ययोजना प्रस्तुतसहित सुनुवाइका लागि कार्कीको बोलाएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। आज नै सुनुवाइ सकेर नियुक्तिको सिफारिस गर्ने समितिको तयारी छ।

समितिले बुधबार कार्कीविरुद्ध उजुरी दिएका ७ जनासँग एक्लाएक्लै र बाँकीसँग सामूहिक छलफल गरिएको थियो। 

सुरुमा सामूहिक छलफलको माग गरेका उजुरीकर्ताले पछि समितिको बैधतामै प्रश्न उठाएका थिए। समितिमा बोलाइएका २३ उजुरीकर्तामध्येका वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई, अधिवक्ता अमृत खरेल, रतन भण्डारीलगायतले आफ्नो माग सुनुवाइ नभएको भन्दै छलफल बहिस्कार गरेका थिए। 

२३ उजुरीकर्तालाई संसदीय सुनुवाइ समितिले छलफलका लागि बोलाएको थियो। सुनुवाइ समितिले उजुरीकर्ता प्रत्येकलाई १० मिनेट समय दिँदै गोप्य छलफल गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन्।  उनीहरुले आफूहरूलाई सामूहिक रुपमा बोल्न दिनुपर्ने भन्दै आपत्ति जनाएका थिए।

संवैधानिक परिषद्‌बाट वैशाख २५ गते सिफारिस भएका कार्कीमाथि सुनवाइ समितिले जेठ १६ गते १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो ।

समितिको जेठ १६ गते आह्वान गरेअनुसार प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी परेका थिए। 

संबैधानिक परिषद्ले सिफारिस गरेको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै प्रधानन्यायाधीशको नियुक्त राष्ट्रपतिले गर्ने संबैधानिक व्यवस्था छ। ६५ वर्षे उमेर हदका कारण कार्कीको साउन २० गते अनिवार्य अवकाश हुनेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।